काठमाडौं,
चैत १२ ।
गोदावरीमा बालबालिका पुनः ताजगी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नयाँ किरण नेपालको आयोजना र गोदावरी नगरपालिको सहयोगमा भएको हो ।
गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कार्यक्रममा बालबालिकासँग रमाएका थिए । कार्यक्रममा वडा अध्यक्ष निलबहादुर देशार र वडा सदस्य बद्री श्रेष्ठ उपस्थित थियो ।
संस्थाकी अध्यक्ष रिजना तुलाधरले नृत्य प्रशिक्षणमा सहभागी बालबालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सरिता रोजोपाध्यायले गर्नुभएको थियो । उहाँ संस्थाको उपाध्यक्षसमेत हुनुहुन्छ ।






