काठमडौं,
चैत ६ ।
धरावाहिक टेलिसिरियल मेरो कथाको ५१ औं भागको सफलता तथा सम्मान कार्यक्रम गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सिरियलको सफलता र सम्मान कार्यक्रम राखिएको हो । कार्यक्रममा सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन सेलिब्रेसनसमेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत, कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थीति थियो । कार्यक्रममा उपस्थीत अतिथिले सिरियललाई सफलताको शुभकामना दिएका थिए ।
टेलिसिरियलको ५१ औं भागबाट निर्देशकको जिम्मेवारी रामजी राउत सम्हाल्ने छन् । यो सिरियलमा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय छ ।
धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियललाई तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । सिरियलमा नरहरि प्रेमीको सङ्गीत, नरहरि प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर तथा भिएफएक्स समिर मिया, रामेश्वर हुमागाई छायांकन छ । कार्यक्रमका सम्पूर्ण कलाकारलाई मायाको चिनो र कदर पत्रसहित सम्मान गरिएको थियो ।






