पञ्जावको नयाँ मुख्यमन्त्रीमा भगवन्द मान

चण्डिगढ,
चैत ३ ।

पञ्जावको नयाँ मुख्यमन्त्रीका रुपमा भगवन्त मानले शपथ लिनुभएको छ । आम आदमीका पार्टी नेता मानले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँले खटकर गाउँमा एक समारोहबीच शपथ लिनुभएको थियो । मानले शपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।

विशाल शपथ समारोहमा राज्यपाल बनवारी लाल पुरोहितले मुख्यमन्त्री मानलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । मुख्यमन्त्री मानले राज्यको १७औं मुख्यमन्त्रीको रूपमा ईश्वरको नाममा शपथ ग्रहण गर्नुभएको थियो । अहिले नै मन्त्रिपरिषद् भने विस्तार गरिएको छैन ।

शपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यबाद दिनुभएको थियो । समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेटा (पगडी) र महिला पहेँलो सलमा सजिएका थिए । भगत सिंहले पहेंलो पगडी लगाउने भएर उहाँको मान राख्नका लागि मानले सबैलाई पहेँलो पगडी लगाएर आउन आहृवान गर्नुभएको थियो । उहाँ आफैंले पनि पहेंलो पगडी लगाउनुभएको थियो ।

११७ सिट रहेको पञ्जाव विधानसभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को बिधानसभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको छ भने भारतीय जनता पार्टीको दुई सिट रहेको छ ।

राजनीतिको धुरधन्धर खेलाडी बन्नुभन्दा पहिला भगवन्त मान प्रसिद्ध हास्य कलाकारकारका रूपमा आफ्नो छबी बनाउनु भएको थियो । सधै केही फरक कार्य गर्न रुचाउने भगवन्त सफल हास्य कालाकारकारका रूपमा परिचित हुनुहुन्छ । उहाँको पहिलो कमेडी एलबम जगतार जग्गीसँग थियो । पछि मानले राणा रणबीरसँग काम गर्नुभयो ।

मानको दोस्रो एलबम ‘कुल्फी गरमा गरम थी’ निकै लोकप्रिय भएको थियो । उहाँ प्रसिद्ध रियालिटि शो ‘द ग्रेट इण्डियन लाफटर च्यालेञ्ज’मा पनि देखिनुभएको थियो । भगवन्त मानले धेरै पञ्जावी चलचित्रमा पनि काम गर्नुभएको छ । भगवन्तले सन् २०११मा राजनीतिमा डेब्यु गर्नुभएको थियो । राजनीतिकको करिअरमा उहाँले पञ्जाव पिपल्स पार्टीबाट गर्नुभएको थियो । सन् २०१२मा उहाँले यो पार्टीबाट चुनाव लडनु भएको थियो तर हार्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार