काठमाडौं,
फागुन ३० ।
गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको थियो ।
‘हराएको मुस्कान’ लोकार्पण तथा सम्मान समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरिएको थियो । सम्मान हुनेहरूमा स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दीपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जु सरोज श्रेष्ठ, डा.प्रकाश सायमी, डा. सुदिप श्रेष्ठ रहनु भएको थियो ।
‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरूबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गर्नुभएको थियो । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्यम आफैँ म पात्र भएर प्रस्तुत हुनुभएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिका प्रति आफूले प्राउड गरेको र जति समस्यामा पनि हाँशी रहने भन्दै प्रसंशा गर्नुभयो । क्यान्सर रोगबाट पिडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताउनुभयो । लेखिका घिमिरे पनि क्यान्सरबाट पिडित हुनुभएको थियो । उहाँले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पिडितहरूको उपचार गराई रहनुभएको छ ।






