राजको ‘बादलहरू’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन ३० ।

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयम्को उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गर्नुभएको हो भने सङ्गीत मानव सुवेदीको छ ।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिनुभएको थियो ।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको हो ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको भिडियोमा सुशील सापकोटाको छायांकन छ भने सम्पादन मानव स्वयंको छ ।

यसमा तपाइको मत

अन्य समाचार