काठमाडौं,
फागुन ३० ।
चलचित्र ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । निर्देशक शोभित बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको हो । चलचित्रको छायांकन चैत अन्तिम साताबाट सुरु हुने जनाइएको छ ।
दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागि अन्य कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरूको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशबासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने चलचित्रले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । चलचित्र कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।
एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानको सङ्गीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहने निर्माण पक्षले बताएको छ ।






