दोस्रो स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न

काठमाडौं,
फागुन ३० ।

‘दोस्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१’ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा माहिरो फेशन एण्ड डिजाईनको प्रस्तुति तथा टच इन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्म प्रालि र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड ४८ विधामा प्रदान गरियो । सो उद्घाटनको घुम्टो खेलेर गर्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ट गीतकार तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा अभिनेत्री शर्मिला मल्लाई ‘स्पर्श लिजेन्ड्री एक्ट्रेस अवार्ड-२०२१’ सम्मानित गरियो । नेपाली चलचित्र तथा म्युजिक भिडियोमा करिब चार दशकदेखि अभिनयबाट निरन्तर योगदान दिएको भन्दै उनलाई समारोहमा सो अवार्डबाट सम्मानित गरिएको हो ।

अभिनेताद्धय यसराज गराच, दिक्पाल कार्की र अभिनेत्री तेजुला खतिवडाको आयोजनामा धुम्बाराहीस्थित दियो ब्याँकेटमा अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा केही कलाकारलाई फरक योगदान सम्मानबाट पनि सम्मानित गरियो । विशिष्ट योगदान सम्मानबाट अग्रज नृत्य निर्देशक वसन्त श्रेष्ठ, छायांकार शिव ढकाल, मकेअप आर्टिष्ट रितु राना, चलचित्र पत्रकार विष्णु सुवेदी, चलचित्र महिला निर्देशक सम्झना उप्रेती रौनियार सम्मानितन हुनुभयो । फेसन कोरियोग्राफर हिमानी सुब्बा, रियालिटी शो कोरियोग्राफर नरेश वीर सिंह, युथ इन्टरप्रेटर अभिशेषक लामा, फरक क्षमताको व्यक्तित्व सानुबाबु बज्राचार्य, सामाजिक योगदान सुनिल कटुवाल, अभिनय तथा मोडलिङ योगदान सम्मानबाट साक्षी लम्साल र रोहित रुम्बा सम्मानित हुनुभयो ।

कार्यक्रममा सर्वोत्कृट आधुनिक गीतकार डायस्पोरा अवार्ड कृष्ट क्षत्रीलाई, सर्वोत्कृट गायकको अवार्ड काँडा उम्रियो गीतबाट सीताराम पोखरेललाई, सर्वोत्कृष्ट गायिकाको अवार्ड मायाँ होकीबाट सुवानी मोक्तानलाई प्रदान, सर्वोत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो मोडलको अवार्ड पिरती बस्योबाट आशा पौडेललाई पाउनुभयो । यस्तै सर्वोत्कृष्ट लोक आधुनिक गीतबाट गीतकारको अवार्ड हे गाजली गीतबाट डब्बु क्षत्रीले हाँसिल गर्नुभयो ।

आधुनिकमै सर्वोत्कृष्ट भिडियो सम्पादक दिनसन शाहले, आधुनिक गीत म्युजिक भिडियो मोडल पुरुष अवार्ड जाडर्न राज भण्डारीले, पप गीत भिडियो सम्पादक अवार्ड विजेश पौडेलले, म्युजिक भिडियो छायांकारको अवार्ड लुज सिंहले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड पिरती बस्यो गीतबाट केशवराज भट्टले प्राप्त गर्नुभयो ।

लोकपपतर्फ गीतकार डायस्पोराको अवार्ड निर्मलराज परिवेशले, बाल गायनको अवार्ड यस श्री मर्हजनले, म्युजिक भिडियो बाल मोडलको अवार्ड परिस्ना बास्तोलाले, राष्ट्रिय भावको गीत भिडियो मोडलको अवार्ड रिचा थापाले प्राप्त गर्नुभयो । यस्तै पप गीत भिडियो महिला मोडल अवार्ड एलिजा गौतमले, म्युजिक भिडियो पुरुष मोडलको अवार्ड सागर लम्सालले, म्युजिक भिडियो महिला निर्देशकको अवार्ड विना श्रेष्ठले, म्युजिक भिडियो निर्देशकको अवार्ड सिमाना पारिबाट मिलन चाम्सले र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड सिमाना पारिले प्राप्त गर्‍यो ।

लोक दोहोरी विधामा म्युजिक भिडियो सम्पादकको अवार्ड पदम सुवेदी, गायकको अवार्ड चिज गुरुङले, भिडियो मोडलको अवार्ड सुधीर श्रेष्ठ र करिश्मा ढकालले, म्युजिक भिडियो निर्देशकको अवार्ड दीपकमान सिंहले प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड हर युग होस् गीतबाट प्रताप दासले हासिल गर्नुभयो । यस्तै जुरी अवार्ड गीतकार डायस्पोरातर्फ उत्तम भण्डारीले, म्युजिक भिडियो नवनिर्देशकतर्फ अर्जुन भुसालले, गायनतर्फ छेवाङ लामाले, म्युजिक भिडियो निर्देशकतर्फ देवेन्द्र पाण्डे र कोरियोग्राफीतर्फ तेन्जु योञ्जनले हासिल गर्नुभयो । आदिवासी गीतमा विश्वासजंग रायमाझी र समिता गिरीले मोडल, सरस्वती मानन्धरले भिडियो र हीरा चौधरीले भिडियो निर्देशक अवार्ड प्राप्त गर्नुभयो ।

कार्यक्रममा लोक पप र आधुनिक विधाबाट इमर्जिङ मोडलको अवार्ड विना रानामगर, आरध्य लक्ष्मी खड्गी र युवराज खतिवडाले इमर्जिङ कोरियोग्राफरको अवार्ड आशिष नापितले, नवगायकको अवार्ड गायक गणेश थापा हासिल गर्नुभयो । अभिनेता एवं आयोजक यसराज गराच, दिक्पाल कार्कीले सञ्चालन गरेको यो अवार्डको मुख्य निर्णायकमा रंगकर्मी वीरेन्द्र हमाल, निर्णायकमा नृत्य निर्देशक सुवास बुढाथोकी, अभिनेताद्वय प्रवण भुसाल, विशाल विष्ट र गायिका सरिता भारती हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार