‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड’ हुने

काठमाडौं,
फागुन १५ ।

‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९’ हुने भएको छ । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९’ आयोजना गर्ने भएको हो । ०७९ को वैशाख २४ गते विराटनगरमा सम्पन्न हुने अवार्डबारे आइतबार राजधानीमा पत्रकार भेटघाटबीच जानकारी दिइएको हो ।

मोफसलमा समेत नेपाली चलचित्रको विकास, बिस्तार तथा उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली चलचित्रको विकासमा यो अवार्डले टेवा पुर्‍याउने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय चलचित्र निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहीत गर्ने धारणा राख्नुभयो ।

पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूको जिज्ञासा मेट्दै आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शतप्रतिशत निष्पक्ष हुने दावी गर्नुभयो । कार्यक्रममा सञ्चारकर्मी तथा चलत्रिच निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति थियो ।

चलचित्रसम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा, ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । ०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरू सहभागी हुने अवार्डको उत्कृष्ट पाँच मनोनयन केही समयपछि सार्वजनीक गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार