‘जय शम्भो, बम बम भोले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन ११ ।

शिवरात्रिको अवसर पारेर ‘जय शम्भो, बम बम भोले’ शिवभक्ति गीत सार्वजनिक गरिएको छ । योगश काजी, चक्र बम, मेघ पौडेल, सारिका घिमिरे र रेशम विसीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । लोकराज अधिकारीको शब्द, योगशकै सङ्गीत र सङ्गीत संयोजन रहेको गीतमा पवन विकको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एसएमएस एचडी स्टुडियोमा रेकडिङ गरिएको गीतलाई पवन विकले रेकडिङ गर्नुभएको छ।

राजीव समरको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा नायक आर्यन सिग्देल, योगेज काजी, चक्र बम, अनुप अधिकारी, लोकराज अधिकारी, प्रकाश मल्ल, ममता अधिकारी र कमला थापालाई फिचरिङ गरिएको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । गीतको भिडियो वाइटीएच इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत पछिल्लो पुस्तालाई लक्षित गरी सार्वजनिक गरिएको छ । गीत हिपहप शैलिमा प्रस्तुत गरिएको छ ।

पोखरामा छायाँकन गरीएको दृष्य निकै मनमोहक छ । विशाल शिव मुर्तीलाई केन्द्र पारेर गीतको छायांकन गरिएको छ । पोखराको पुम्दीमा रहेको भुमेस्वर महादेब मन्दिर आसपासमै गीतको छायाँकन सकिएको छ ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलबार परेको छ । महाशिवरात्रि हिन्दूको एक विशेष पर्व हो । हिन्दू क्यालेण्डरअनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्रि मनाइन्छ ।

शिवरात्रिमा श्रद्धालुहरू रातभर जागा रहेर भगवान् शिवको आराधना गर्छन् भने भजन कीर्तनसमेत गर्छन् । धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्माबाट रुद्रको रूपमा अवतरण हुनुभएको भन्ने मान्यता रही आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार