थप ३१२ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं,
फागुन ११ ।

बुधबार थप ३१२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९३ जनामा गरिएको परीक्षणमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै बुधबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संक्रमितका तुलनामा तेब्बर बढी हो । पछिल्लो समय देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार