निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं,
फागुन ५ ।

चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । हृदयघातका कारण उहाँको ओम अस्पतालमा निधन भएको हो । चलचित्र निर्देशक समाजका अनुसार उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुका आठ बजे उहाँको निधन भएको हो ।

एकवर्षदेखि बिरामी रहनुभएका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या भएपछि ओम अस्पताल लगिएको थियो । बिहीबार बिहान पशुपति आर्यघाटनमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।

चलचित्र ‘तिलहरि’बाट निर्देशन यात्रा शुरु गर्नुभएका आचार्यको पछिल्लो चलचित्र गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ थियो । उहाँले ‘टुहुरो’, ‘माटो बोल्छ’, ‘बन्धन’, ‘आमा’, ‘मन मुटु र माया’लगायत चलचित्रमा निर्देशन गर्नुभएको छ । आचार्यले नेपाल टेलिभिजनको लागि ‘स्मृति’ नामक टेलिसिरियल निर्देशनसमेत गर्नुभएको थियो । उहाँका एक श्रीमती र एक छोरा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार