प्रताप र अस्मिताको स्वरमा ‘तिमी हौ तिमी’ (भिडियोसहित)

काठमाडौं,
फागुन ३ ।

प्रताप दास र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ । अस्ट्रेलियामा बसेर गीत सङ्गीत र भिडियो निर्माणमा सक्रिय शिशिरजय खरेलको शब्द सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विषम आचार्यको गीतमा सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा बीचको अनस्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकाश धमलाको सम्पादन छ । शिशिरजय खरेल निर्माता रहेको यस भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘जय हो’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार