काठमाडौं,
फागुन १ ।
गीतकार/गायक प्रदीप चापागाईं र दीपा घिमिरेको स्वरमा रहेको गीत ‘दुई दिने चोला’ सार्वजनिक भएको छ । प्रदिपंकै शब्द, सञ्जिब सिंहको सङ्गीत र बड्स ब्यान्डका सुदिप सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापालाई फिचरिङ गरिएको छ । नमित चन्द ठकुरीले निर्दशन गरेको गीतको भिडियोमा सिवानी भट्टराई र अमृत ढुंगानाको कथा, सुप्रिम पराजुलीको सम्पादन र आदित्यजंग रानाको छायांकन छ ।
प्रदीपकै अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा एक जोडीको मिठो प्रेमकथा देखाईएको छ । गीतको भिडियो अष्ट्रेलियामा छायांकन गरिएको हो ।






