काठमाडौं,
माघ २९ ।
प्रेम दिवसको छेको पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ । प्रविन बेडवालको स्वर, अर्जुन पोखरेलको सङ्गीत र फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अङ्गालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुनुहुन्छ । भिडियोमा हरि हुमागाईको छायांकन र विकाश दाहलको सम्पादन छ । गीत गीतकार प्रसाईंकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वमार्फत सार्वजनिक भएको हो ।
गीत, कविता र गजलसमेत लेख्दै आउनुभएका प्रसाई पछिल्लो समय अमेरिका बस्दै आउनुभएको छ ।






