कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौं,
माघ २८ ।

कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ । घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो । उहाँको आज नै पशुपति आर्यघाटमा दाहसस्कार गरिएको छ ।

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत हुनुहन्थ्यो ।

लामो समयसम्म उपचार हुँदा पनि आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्किगो नि’मा काम पनि गर्नुभएको थिएन ।

यसमा तपाइको मत

अन्य समाचार