मेलिना र प्रदीपको स्वरमा ‘तिमीसँगै…’ (भिडियोसहित)

काठमाडौं,
माघ २७ ।

मेलिना राई र प्रदीप कार्कीको स्वरमा रहेको सुगम सङ्गीतमा आधारित गीत ‘तिमीसँगै…’ सार्वजनिक भएको छ । डम्बर बिकेलको रचना रिमेश कुमारको सङ्गीत, विश्व अधिकारी सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=On7JS3qwS7U

सुरेन्द्र बसेलको कोरियोग्राफ तथा निर्देशन रहेको गीतको भिडियोमा पल शाह र प्रमिला क्षेत्रीलाई फिचरिङ गरिएको छ । कुसुम बुटिकका पहिरनमा सजिएका कलाकारहरूको अभिनय रहेको यो भिडियोमा बुद्ध थापाको छायांकन र नवीन निरौलाको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार