‘हनी थेरापी एण्ड वेयल केयर ब्युटी सलुन’ सञ्चालनमा

काठमाडौं,
माघ २५ ।

काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारसँगै ‘हनी थेरापी एण्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ । विगत एक दशकदेखि व्युटीसियनको रूपमा सक्रिय तथा थोरापिष्ट रञ्जु थापाले यो ब्युटी सलुन सञ्चालनमा ल्याउनु भएको हो । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मान्सपेसीको समस्यालाई मुक्तपार्न यो पार्लर खोलिएको हो ।

रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष एवं वरिष्ट ब्युटीसियन सोनी कारञ्जितले आइतबार श्रीपञ्चमीको अवसर पारेर यो थेरापी तथा ब्युटी सुलनको रिवन काटेर उद्घाटन गर्नुभएको हो । नेपालमै उत्पादिक जैविक महबाट रन्जुले थेरापी गरेर नशा र मासपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने विश्वास सोनी कारञ्जितले व्यक्त गर्नुभयो ।

रञ्जुकी थोपारी टिचर तथा रोज सीप विकास तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारञ्जितले कार्यक्रममा बोल्दै हनी थेरापीका फाइदाबारे कार्यक्रममा प्रकाश पार्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यवसायका लागि शुभकामना दिनुभयो ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधीजन्य सामग्री निर्माण गर्दै आएको एपी लाइफबाट थेरापीसम्बन्धी पूर्ण प्रशिक्षण लिएपछि आफूले यो थेरापी एण्ड वेयल सेन्टर सुरु गरेको रञ्जुले जानकारी गराउनुभयो । महबाट मसाजसँगै ब्युटीसियनसम्बन्धी सम्पूर्ण सुविधा आफूहरूले प्रदान गर्ने पनि उहाँले बताउनुभयो ।

यस्तै डा. सरोज लामिछाने, एपि लाइफका ओम पुन, टेक गुरुङले महबाट उत्पादित आफूहरूको सामग्रीले स्वास्थ्य रहन पर्ने प्रभावबारे कार्यक्रममा प्रकाश पार्नुभयो । कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा, सञ्चारकर्मी, गायिका तथा मोडल सरिता भारती, ब्युटीसियनहरू मीना पौडेल, सिर्जना कुँवर, नवीन अधिकारी, गीता मगरलगायतले रञ्जुलाई शुभकामना दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार