काठमाडौं
माघ २४ ।
दुई करोड लगानीमा अन्तर्राष्ट्रिय चेन सैलुन ‘हेयर एन्ड शान्ति’ को नयाँ शाखा दरबारमार्गमा खुलेको छ । अन्तराष्ट्रिय चेन सैलुन ‘हेयर एन्ड शान्ति युनिसेक्स सैलुन’ को २७औँ शाखा दरबार मलको पहिलो तलामा स्थापना गरिएको छ । सैलुनको नेपाल उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै) ले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
नेपालको १०औँ शाखा रहेको युनिसेक्स सैलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेकअप, मेनिकेयर, पेडिकेयरलगायत सेवा उपलब्ध हुने सञ्चालक सरु थापाले जानकारी दिनुभएको छ । व्यवसायीहरू सरु थापा, दुर्गाप्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सैलुन सुरु गर्नुभएको हो ।
ग्राहकको छाला र कपालको संवेदनशीलता ख्याल गर्दै विश्वविख्यात सौन्दर्य प्रसाधनको प्रयोग गरिने सञ्चालकको दाबी छ । २२ वर्षअघि चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एन्ड शान्ति युनिसेक्स सैलुनको सुरुवात गर्नुभएको थियो ।






