काठमाडौं,
माघ २३ ।
बुद्ध मोक्तानको स्वरमा रहेको गीत ‘बोलीमा गोली’ सार्वजनिक भएको छ । सन्ध्या सुस्केरा मोक्तानको शब्द र प्रकाश तामाङ ‘तितुंग’को सङ्गीत रहेको गीतको भिडियोमा सार्वजनिक भएको हो ।
मोहन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा र स्वयम् गायक बुद्ध मोक्तानको अभिनय छ । सिन्धुलीको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा धन योञ्जन तामाङको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन छ ।






