चितवन,
माघ २२ ।
लक्की मिडिया हाउसको वरिष्ठ सल्लाहकारमा चलचित्रकर्मी चेतबहादुर सिंह ‘राजा’ चयन हुनुभएको छ । चितवनमा बसेको बिशेष वैठकले वरिष्ठ सल्लाहकारमा ‘राजा’लाई चयन गरेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताउनुभयो ।
सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरूको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनुभएको छ । उहाँले चलचित्र निर्माण संँगै दुई दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गर्नुभएको छ । उहाँले विभिन्न सामाजिक संघ÷संस्थामार्फत विभिन्न बृद्धाश्रम, अनाथलय, अस्पताल र विद्यालहरूमा सेवा र सहयोग गर्दै आउनुभएको छ । सिंह नेपाल चलचित्र कलाकार संघका महासचिव पनि हुनुहुन्छ ।
लक्की मिडिया हाउसका महाप्रबन्धक ‘लक्की’ले कोरोनाका कारण मिडिया क्षेत्र पनि अछुतो नरहेको भन्दै यस विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडिया हाउसले निरन्तरता दिदै आएको बताउनुभयो । विभिन्न क्षेत्रका व्यक्तित्व, शुभेच्छुक, विज्ञापनदाता लगायतको सहयोग, प्रेरणा र उर्जाबाट नै मिडिया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाइ छ ।
मोफसलमै रहेर पनि सूचना, समाचार, कला संस्कृति, स्वास्थ्य तथा मनोरञ्जनको क्षेत्रमा निरन्तर अघि बढिरहेको लक्की मिडिया हाउसले नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि चलचित्रहरूको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न साङुगीतक कार्यक्रम र अवार्ड लगायतका कार्यक्रमहरू गर्दै आएको छ ।
यसको साथ साथै लक्की मिडीया हाउसले राष्ट्रिय तथा स्थानीय कलाकार, साहित्यकार, उद्यमी व्यवसायी, स्वास्थ्यकर्मीलाई समेत उर्जा र प्रेरणा थप्ने जमर्को गर्दै उहांँहरूले समाजमा पुर्याएको योगदान र भूमिकाको कदर गर्दै सम्मान र पुरस्कृत गर्दै आएको छ । लक्की मिडिया हाउसको अहिले चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा छ्न् ।






