काठमाडौं,
माघ १७ ।
दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित डा. दुमन थापाको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा गए राति निधन भएको हो ।
मिर्गौला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ नेकपा (एकीकृत समाजवादी)को नेताका रुपमा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।
संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा. थापाको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
अर्घाखाँचीको नरपानीमा जन्मिनुभएका थापा २०७० सालमा अर्घाखाँची क्षेत्र नं. २ बाट एमालेबाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो ।
दुई वर्षअगाडि मात्रै मृगौला प्रत्यारोपण गर्नुभएका थापालाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।






