काठमाडौं,
माघ १७ ।
राजकुमार सिंहको स्वर रहेको गीत ‘बलेको आगो’ सार्वजनीक भएको छ । बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गर्नुभएको छ ।
आरडीआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त, रोशना कार्की र दुर्गा सिंहको अभिनय छ । प्रेमी-प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गर्नुभएको छ ।
केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको सङ्गीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुनुहुन्छ भने दुर्गा सिंह निर्माता हुनुहुन्छ । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता-दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताउनुभयो ।






