वेभ सिरिज ‘तिमी बिना’ दर्शकमाझ

काठमाडौं,
माघ २ ।

वेभ सिरिज ‘तिमी बिना’ दर्शकमाझ आएको छ । एक्शन, सस्पेन्स र प्रेम समेटेको वेभ सिरिज ‘तिमी बिना’ सार्वजनिक भएको हो । एबीफिल्म डिजिटल द्वारा निर्मित ‘तिमी बिना’मा एक्सन, रोमान्स, पीडा समेटेर कथा लाई प्रस्तुत गरिएको छ ।

शुक्रराज शाहको एक्सन निर्देशन रहेको सिरिजमा दिनेश तामाङ, रोहनी लामालाई मुख्य भूमिकामा देख्न सकिन्छ । साथै सिरिजमा कमल मैनाली, रोशनी सापकोटा, सरिता राजोपाध्यय, गणेश दुलाल, पवन के. सी., रश्मी आचार्य, प्रियंशा शाही, अम्बिका अधिकारी, अमु क्षेत्री, विश्व लामा, सञ्जय थापाको अभिनय छ ।

यस सिरिजको शब्द, सङ्गीत, एरेन्ज रोशन बालुवाको छ भने अर्विन तामाङको स्वर रहेको छ । रविन दोङको कथा, सम्बाद, पटकथा रहेको सिरिजमा ओजस फिल्म स्टुडियोको पोस्ट प्रोडक्सन छ ।

अर्जुन गौतमको निर्देशन रहेको सिरिजमा बासु न्यौपानेको छायाँकन, नरोत्तम पाण्डे र श्याम कार्कीको सम्पादन रहेको सिरिजमा रुविना बुढाथोकीको शृङ्गार छ।

यसमा तपाइको मत

अन्य समाचार