सोमबार थप एक हजार ४४६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

काठमाडौं,
पुस २६ ।

सोमबार थप एक हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको आठ हजार ९६५ पिसिआर र दुई हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा एक हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कुल संक्रमितको संख्या आठ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये सात हजार ८५५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या आठ लाख १४ हजार ४८५ पुगेको छ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ । हाल ११३ जना क्वारेन्टाइनमा छन् । ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३, झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६/१६, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२/१२, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार