काठमाडौं,
पुस २६ ।
सानु महराको स्वरमा रहेको गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द, सनम पुरुष राईको सङ्गीत र रोशन वान्तवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियो डिएआर मुभिजको च्यानलमार्फत सार्वजनिक भएको छ ।
भिडियोमा कमला नेपाली, अंकीता डाँगी, रमेश बन गोसाईं, वर्षा श्रेष्ठ र कमल विष्टको अभिनय छ । नेत्र विष्टको छायाँकन र आयुष विसीको निर्देशन रहेको भिडियोमा रंग संयोजन कृष्ण गौतमको छ ।






