काठमाडौं,
पुस २६ ।
‘हाम्रो बसेरी राम्रो बसेरी’ गीतको भिडियो सार्वजनिक भएको छ । बसेरी उदयपुर सोसियल ग्रुप तथा व्यवस्थापन टिमले निर्माण गरेको गीतको राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कटारी नगरपालिका–१२ का वडा अध्यक्ष चन्द्रदीप पौडेलको सभापतित्वमा भिडियो सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
नृपध्वज खत्री (निरीप)को शब्द, सुरेश अधिकारीको सङ्गीत रहेको गीतमा योगेशकाजी र रेश्मा पुनको स्वर रहेको छ । हरिश महराको छायाँकन, हिम्मत चैशिरको सम्पादन रहेको गीतको भिडियोमा नृत्य निर्देशन नृपध्वज खत्री (निरीप) र शिवन पोखरेलको निर्देशन छ ।
भिडियो सार्वजनिक कार्यक्रमा एक मृगौला पिडितलाईसमेत आर्थिक सहयोग गरिएको थियो । विगत चार÷पाँच वर्षदेखि दुबै मृगौला फेल भइ उपचार गराउँदै आउनुभएकी हिरा खड्कालाई आर्थिक सङ्कलनगरी ६८ हजार ५५१ रुपैयाँ हस्तान्तरण गरिएको थियो । साथै उक्त कार्यक्रममा रुकुमकी बाल गायिका पूजा सेञ्चुरीलाई प्रोत्सान स्वरुप पाँच हजार रुपैयाँ सहयोग गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता तथा पुर्व सभासद मोहनबहादुर खत्री, समाजसेवी दुर्गाप्रसाद ढकाल, सञ्चारकर्मी मनोहरि थापा, सामाजिक अभियन्ता पुण्य गौतम लगायतको उपस्थिति थियो । मिडिया संयोजक जिम्मा प्रकाश बराईलीले लिएका थिए ।






