‘तिमी काठमाडौको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस २४ ।

सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुति गायक रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको सङ्गीत र एरेञ्ज छ । भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् ।

सुरज खड्काको प्रोडक्सन डिजाइन रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन तथा सुदन खड्काको कोरियोग्राफी र निर्देशन छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक भिडियोमा दीपकमान श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा रोहन रम्तेल एसोसिएट कोरियोग्राफर छन् ।

यसमा तपाइको मत

अन्य समाचार