पूर्व प्रधानमन्त्री ओलीसँग संस्कृति बचाऔंका अभियन्ताको भेट

काठमाडौं,
पुस २२ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग संस्कृति बचाऔं अभियन्ताहरूले भेट गरेका छन् । बुधबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभियानका अभियन्ताहरूले उहाँकै निवासमा भेट गरेका हुन ।

दुईदशक भन्दा बढी समयदेखि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको सामाजिक संस्था परिवर्तन नेपालले पछिल्लो पटक नेपाली संस्कृति बचाऔं अभियान संचालन गर्दै आएको छ । पछिल्लो समयमा नेपाली संस्कृति र देशको पहिचान माथि बैदेशिक हस्तक्षेप बढेकाले अभियानको रूपमा संस्कृतिको बचाउ गर्न अभियान सञ्चालन गरेको अभियानको सचिवालयले बताएको छ । यसै सन्दर्भमा अभियानका अभियन्ताहरूले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी देशमा बढिरहेको सांस्कृतिक अतिक्रमण बारे ध्यानाकर्षण गराएका थिए ।

भेटका अबसरमा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सभ्यता ईतिहाश र संस्कृति जोगाउन जरूरी रहेको बताउनु भएको थियो ।ओलीले सभ्यताको सृष्टी नै आफ्नो भुमीबाट भएको कुरा गर्दै यसलाई जोगाएर अघि बढदा मात्रै ईतिहाश माथि न्याय हुने बताउनुभयो । ओलीले सभ्यता र संस्कृतिको संरक्षण र बिकाशमा लाग्नेहरूलाई सधै आफ्नो साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

चलचित्रकर्मी तथा महाअभियानका संयोजक मोहन निरौलाले पूर्व प्रधानमन्त्री ओलीलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।सोही अबसरमा नेपालको संस्कृति झल्कने प्रतिकात्मक छायाँ चित्र पनि पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभियानका अभियन्ताले हस्तान्तरण गरेका थिए भने नेपाली संस्कृतिको प्रतिक छायाँ चित्रमा उल्लेख गरिएका विम्व बारे डिजाईनर तथा अभियानका सदस्य सुन्दर श्रेष्ठले चित्रको प्रस्तुति बारे व्याख्या गर्नुभएको थियो ।

ध्यानाकर्षण पत्रमा नेपालमा बढदै गैरहेको सबै धर्म संम्प्रदायको धर्मान्तरणले नेपालको संस्कृति विस्थापित हुने खतरा बढेको र देशको पहिचान नै मासिने अबस्थामा पुगेकोले यसतर्फ सबै नागरिक र जिम्बेवार पक्षकों ध्यान दिनुपर्ने कुरा बिशेष रूपमा औल्याईएको छ । यसैगरी बिदेशी चलचित्रको निर्वाध प्रदर्शनबाट एकातिर नेपाली चलचित्र बिस्थापित हुने खतरा बढेको र बिदेशी चलचित्रको कारणबाट नेपाली भाषा कला संस्कृतिमा गम्भीर असर परिरहेकोछ कुरा पनि उल्लेख गरिएको छ ।

नेपाली संस्कृति बचाऔं महाअभियानका अभियन्ता मोहन निरौला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, सुन्दर श्रेष्ठ, बरिष्ठ हास्य कलाकार उत्तम केसी, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज भेटवाल, विश्बदीप घिमिरे, जुना श्रेष्ठ लगायतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार