राष्ट्रिय सभा १९ सिटका लागि ४३ उम्मेदवार

काठमाडौं,
पुस २० ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका निर्वाचनका लागि ४३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । १९ सिटका लागि हुने निर्वाचनका लागि उमेदवारहरूले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रुपमा र नेकपा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी र राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । मतदान माघ १२ गते हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार