धरान,
पुस ५ ।
धरानमा मेगा लाइभ कन्सर्ट सम्पन्न भएको छ । धरान-१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा चर्चित व्याण्ड रविन एण्ड द न्यू रेभुलुसनद्वारा आफ्ना चर्चित गीत प्रस्तुत गरिएको थियो ।
नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिँदै नेपाल-नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीतबाट कन्सर्ट सुरु गर्नुभएको थियो ।
चार वर्षपछि धरान-कन्सर्टमा आउनुभएका रबिनले ‘भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम, जति माया लाएपानी, चिसो चिसो हावा, दम मरो दम’लगायत एक दर्जन गीतहरू गाउनुभयो ।
रविन एण्ड न्यू रेभुलुसनबाट गायक रविनसँगै प्रवीन दास श्रेष्ठ, हरिकृष्ण महर्जन र विजय विश्वकर्मा स्टेजमा हुनुहुन्थ्यो ।






