काठमाडौं,
पुस ४ ।
भ्वाईस अफ नेपालबाट भुमो गायकका रुपमा परिचित बिनय कार्कीको स्वरमा रहेको गीत ‘सालको पात’ सार्वजनिक भएको छ । बिक्रम के सीको शब्द तथा गायक कार्कीकै सङ्गीत तथा एरेञ्जमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
लोकप्रिय हास्य कलाकार पवन खतिवडा (म्याकुरी) र उनकै जीवनसाथी सुमिना खालिङले अभिनय रहेको छ गीतको भिडियोमा । यी दम्पतीको हालै यही मंसिरमा विवाह भएको हो भने यी दुई साथमा अभिनय गरेको यो पहिलो गीतको भिडियो पनि हो । भिडियोमा जीबी चिरन, सुरेश खोली, बबिता न्यौपाने लगायतको पनि अभिनय देख्न सकिन्छ ।
आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियोमा शशान कंडेलको निर्देशन, बुद्ध थापाको छांयाकन, विकास दाहालको सम्पादन र सन्तोष राजबहकको कोरियोग्राफी रहेको छ ।






