सिक्किमकी साङ डोमा ब्लोनलाई मिस तामाङ वल्र्ड २०२१ को उपाधि 

काठमाडौं,
मंसिर ९ ।

मिस तामाङ वल्र्ड २०२१ को उपाधि सिक्किमकी साङ डोमा ब्लोनले चुम्न सफल हुनुभएको छ । साधना कला केन्द्रको आयोजनामा भएको मिस तामाङ वल्र्डमा सयौं प्रतिस्पर्धीबाट छानिँदै ब्लोनले उत्कृष्ट डे«स, उत्कृष्ट हेल्थ, भ्यूअर्स च्वाइजसहित मिस तामाङ वल्र्डको उपाधि चुम्नुभएको हो । ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउन लगायतका विभिन्न ट्रफीहरू प्राप्त गर्नुभएको छ भने टप सेभेन क्याटगोरिजका लागि भने ५० हजार नगदसहित ट्रफीहरूले सम्मान गरिएको थियो ।

मिस तामाङ वल्र्ड २०२१ मा ब्लोनसँगै अन्य प्रतिस्पर्धीहरूले पनि विभिन्न शीर्षक अन्तर्गतको उपाधि चुमेका छन् । उत्कृष्ट कल्चर रविना थिङ, उतकृष्ट टुरिजम सबिता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयूबा, उत्कृष्ट सोसल वेलफेयर रेनु तामाङ, उत्कृष्ट इनभाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटि अप्रिला घिसिङले चुम्न सफल हुनुभएको थियो ।

त्यसैगरी वेष्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल हुनुभएको छ । त्यस्तै वाइल्ड कार्डबाट इन्ट्री भएका टपटेन प्रतिस्पर्धीबाट वेस्ट फोटोजेनिकको अवार्ड अलिशा घिसिङ, वेष्ट डिसिप्लिन अस्तर थोकरले चुम्न सफल हुनुभयो ।

तामाङ गुरु स्याल्पा तेन्जिङ रिम्पोछे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायधिश टंक मोक्तान, पूर्व मन्त्री रामवीर मानन्धर, पूर्व मन्त्री परशुराम तामाङ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एआइजी कृष्णबहादुर तामाङ, एएससीए जापानका अध्यक्ष विनोद लामा लगायतको आतिथ्यता रहेको थियो ।

यस प्रतियोगिताको निर्णायकहरूमा सोसल वेलफेयरको तर्फबाट डीएन बहादुर तामाङ, कल्चरतर्फ ध्यानबहादुर मोक्तान, एजुकेशनतर्फ केडी मोक्तान, इकोनोमीतर्फ डा.माधव मल्ल, हेल्थतर्फ डा. छिरिङ योञ्जन, इनभाइरमेन्टतर्फ आश्रा कुँवर, टुरिजमतर्फ छिरिङ डोल्मा शेर्पा रहनुभएको थियो ।

कार्यक्रममा सिभिल ग्रुप, एएससीए जापा, सिभिल बैंक, सोल्टी होटल, सुकुटे बीच, नेपाल पर्यटन बोर्ड, गोर्खा फाइनान्स, काठमाडौं महानगरपालिका लगायतको सहकार्य रहेको थियो भने हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण भएको थियो । साधाना कलाकेन्द्रको आयोजनामा रहेको उक्त कार्यक्रममो मिस तामाङ वल्र्ड फाउन्डेसनको सहकार्य रहेको थियो ।

https://www.youtube.com/watch?v=tAG9d3ewg5Y

यसमा तपाइको मत

अन्य समाचार