काठमाडौं,
कात्तिक २७ ।
क्रियाशील सदस्यता वितरण विवादमा रहेको नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । आज १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्रीय प्रतिनिधि चुन्न लागेको हो ।
विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरूले दिएका छन् ।
वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कार्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४-२६ काठमाडौंमा गरिने छ ।






