चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन आग्रह

काठमाडौं,
कात्तिक २६ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्ने क्रम जारी रहेको उल्लेख गरेको छ । महाशाखाले चिसो बढ्दै गएकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार बिहीबार राति काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको छ । महाशाखाले शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस रहने अनुमान गरेको छ । त्यस्तै अधिकतम तापक्रम भने २३ देखि २५ डिग्रीसम्म रहने महाशाखाको अनुमान रहेको छ । आज बिहान ६ः२३ बजे सूर्योदय भएको छ भने साँझ ५ः१३ बजे सूर्यास्त हुने जनाइएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ । आज देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार