नेशनल बक्स अफिस दशैं तिहार म्युजिक अवार्ड सम्पन्न

काठमाडौं,
कात्तिक २४ ।

बडा दशैँ र तिहारको अवसर पारेर नेसनल बक्स अफिस दशैं तिहार म्युजिक अवार्ड २०७८ संस्करण भव्यरुपमा सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपले दशैं तिहारमा निर्माण भएका करिब ८० भन्दा धेरै गीत सङ्गीतलाई समेटेर राजधानीको चलचित्र बिकास बोर्डमा एक कार्यक्रम गरी दशैं तिहार म्युजिक अवार्ड सम्पन्न गरेको हो । यो दशैं तिहार म्युजिक अवार्ड नेपाली गीत सङ्गीत क्षेत्रमा नै पहिलो पटक भएको ग्रुपको अध्यक्ष आरके सुवेदीले बताउनुभयो ।

अवार्ड कार्यक्रममा गत वर्षदेखि यो वर्षको तिहार गीतहरूलाई पछि पार्दै देवि घर्ती मगरले आफ्नो दशैं गीत ‘हेप्पी दशैं’बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हासिल गर्न सफल हुनुभयो । त्यसैगरी गायकमा जय देवकोटाले ‘भिरको बाटो’बाट सबैलाई पछि पार्दै अवार्ड जित्नुभयो । दशैं तिहार २०७८ वर्षको उत्कृष्ट मोडलमा रंजिता गुरुङले ‘दशै आएर’ म्युजिक भिडियोबाटा सर्वोत्कृष्ट मोडलको टर्फी चुम्नु सफल हुनुभयो । यस्तै गीत ‘लागें परदेश’बाट महेन्द्र गौतमले यो वर्षको दशैं तिहार म्युजिक अवार्डको सर्वोत्कृष्ट मोडलमा आफूलाई अब्बल सावित गर्न सफल हुनुभयो ।

यस्तै निर्देशक प्रविण थापाले ‘बिरानो गाउँ’बाट सर्वोत्कृष्ट निर्देशक विधामा बाजी मार्न सफल हुनुभयो । वरिष्ठ चलचित्र निर्देशक तथा गीतकार मदन घिमिरे, वरिष्ठ कलाकार उत्तम केसी, सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गत चलचित्र जाँचपास समितिका सदस्य राजेश महर्जन, ख्याति प्राप्त हास्य कलाकार ज्योति काफ्ले निर्णयक रहेको उक्त अवार्डमा सर्वोत्कृष्ट नवगायक सागर धिमाल, सर्वोत्कृष्ट कलाकार व्यवस्थापन नवराज भट्टराई, सर्वोत्कृष्ट नव मोडल मुकुन्द भट्ट, सर्वोत्कृष्ट छायाँकार नमराज घिमिरे, सर्वोत्कृष्ट सङ्गीतकार संजय पालपाली, सर्वोत्कृष्ट गीतकार प्रकाश समीर, सर्वोत्कृष्ट नित्य निर्देशको कमल राई, सर्वोत्कृष्ट निर्माण परिकल्पना समीर लामा, युगल गायक श्याम ठकुरी, नव मोडल प्रत्यासी थापालगायत आयोजक विधाबाट दीपक लामा, मानबहादुर तामाङ, सुरेन्द्र गिरी, विक्रम गिरी र मैया लामिछाने (रुबि) गरी कुल ३२ स्रष्टा अवार्डबाट सम्मानित हुनुभयो ।

चाडपर्वको बाबजुद पनि उल्लेखनीय दर्शक तथा चलचित्र तथा गीत सङ्गीतका स्रष्टाहरूको उपस्थितिमा ग्लोबल एक्टर्स फेडेरेशन (विश्व कलाकार महासंघ) का वरिष्ठ कलाकार तथा निर्देशक शंकर आचार्य, निर्माता÷निर्देशक तथा कलाकार जीवन थापा, अभिनेता राजेश ढुंगाना, निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठ, अभिनेता÷निर्माता तथा चलचित्र विकास बोर्डका सदस्य सुरज आर डी, अभिनेता पुष्कर राउत, निर्माता गणेश पाण्डे, कलाकार सञ्चारकर्मी अपेक्षा सिग्देल, कलाकार तथा गीतकार कृतिबाहादुर सिंह, निर्देशक मदन खड्का, छांयाकार वीरेन्द्र भट्ट, निर्माता तथा अभिनेता बिनायक लामा, कलाकार जयभोले घिमिरे, निर्देशक तथा गीतकार सत्यराज चौलागाईं, सङ्गीतकार दीपक रमण, वरिष्ठ धार्मिक गुरु तथा समाजसेवी उमेश राजभण्डारीलगायत तीन दर्जन कलाकर्मीहरूलाई आजीवन सदस्य हुनुभएको थियो ।

अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खडका, अखिल नेपाल फुटबल संघका फुट्सल तर्फका उपाध्यक्ष सुन्दर थापा र अवार्ड अध्यक्ष आरके सुवेदीले विभिन्न स्रष्टाहरूलाई दशैं तिहारको झझल्को आउने मायाको चिनो वितरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार