भक्तपुर,
कात्तिक १५ ।
कथाकार मनदेवी ताम्राकार ‘रामशेखर लुमन्ति सिरपा’बाट पुरस्कृत हुनुभएको छ । नेपाल भाषामा कलम चलाउने कथाकार ताम्राकारको तेस्रो कथासंग्रह ‘धूफ्वः’लाई वर्षको उत्कृष्ट कृतिकारूपमा नगद राशी २५ हजारसहित पुरस्कृत गरिएको हो ।
रामशेखर लुमन्ति दबूको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिद्धिदास प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडाले ताम्राकारलाई पुरस्कार प्रदान गर्दै यस किसिमको कार्यले साहित्यको विकासका साथै स्रष्टालाई हौसला मिल्ने बताउनुभएको थियो ।
लुमन्ति दबूका अध्यक्ष गोविन्दमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा कवि योगेन्द्र प्रधान, धु्रव मधिकर्मी, डा.प्रकाश सुवाल, न्हुच्छेभक्त कवां, मनदेवी ताम्राकार र प्रदीपरत्न शाक्यले बोल्नुभएको थियो ।






