एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं,
कात्तिक ४ ।

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज ललितपुरको च्यासलमा स्थायी कमिटीको बैठक बोलाइएको हो । विधान महाधिवेशनको समीक्षा, वडा अधिवेशन लगायतका एजेण्डामा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेको वडा अधिवेशन कात्तिक ६ गते हुँदैछ । कात्तिक ९ गते हुने पालिका अधिवेशन र मंसिरमा हुने राष्ट्रिय अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुने तामाङले जानकारी दिनुभयो ।

यसअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले एमालेको विधान तयार पारेको थियो । उक्त विधानले ७० वर्ष उमेरहद लगायतका व्यवस्था गरेको छ । उक्त उमेरहदका बारेमा एमालेभित्र आफूअनुकूल व्याख्या गरेको भन्दै अध्यक्ष ओलीसँग दोस्रो तहका नेताहरू असन्तुष्ट छन् ।

विधान महाधिवेशनपछि एमालेको बैठक बसेको थिएन । उक्त महाधिवेशनपछि बस्न लागेको बैठकमा नेकपा एमालेभित्र १० बुँदे सहमति गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई छोडेका नेताहरूले आफ्ना असन्तुष्टि राख्ने बताइएको छ । विधान महाधिवेशनमा असन्तुष्ट नेताहरूले आफ्नो विचार राख्ने वातावरण नबनेको बताएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार