‘तिम्ले माया मारी गयौ’ भन्दै विष्णु (भिडियोसहित)

काठमाडौं,
कात्तिक ४ ।

बिष्णु निरौलाको शब्द रहेको सुमधुर गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको सुमधुर स्वर रहेको गीतमा राजेश थापाको सङ्गीत छ ।

प्रेमपिडा ब्यक्त गरिएको गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा त्रिकोणत्मक प्रेम र धोकाको कथा बुनिएको छ । भिडियोमा उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने, विपना सुवेदीको अभिनय अभिनय देख्न सकिन्छ ।

सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको विकल्प क्रियशनको युट्युवबाट सार्वजनिक गरिएको हो ।
यो गीतको छिट्टै नितिन गजुरेलको स्वरमा मेल भर्सनसमेत आउने भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार