काठमाडौं,
कात्तिक ४ ।
बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । आज बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ ।
दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।
शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।






