कविता : यो दशैँ

✍️ हेमराज अधिकारी
तुमिन, पूर्व सिक्किम
असोज २७ ।

पाक्थ्यो बोटमै केरा उतिबेला
ढिकिमा कुटिन्थ्यो चिउरा
रातो माटोले पोतेको घरमा
बारीमा हुन्थे घिरौंला ।

साँहिलाले एक्लै गाउँभरी भ्याउँथे
आधा रातदेखी कुट्दै ढिकि
साँहिलिले एक्लै लाउँथिन घान्
अघिल्लै दिन ढिकि लिपि ।

हुने खाने र हुँदा खानेको
बराबरिको हो यो दशैँ
लाखौंमा किनेको खुशी भन्दा
सय पचासमै आनन्दित दशैँ ।

ऋण पान गरेरै भए पनि
उल्लास उल्लास होस् यो दशैँ
छोराछोरी बिदेशबाट नआए पनि
साच्चिकै सुखद् रहोस् यो दशैँ ।

सबैलाई शुभ होस् मङ्गल होस् दशैँ
केरा गाँजिए झैँ गाँजियोस् दशैँ
कस्तै पीर ब्यथा भुलेर पनि
सबैको जयजय होस् यो दशैँ ।।

शुभकामना शुभेच्छा समग्रमा

यसमा तपाइको मत

अन्य समाचार