नारायणबाबु कोइरालाको स्वरमा ‘सदा मंगल गरुन काली…’ (भिडियोसहित)

काठमाडौं,
असोज २३ ।

नेपालीहरूको महान् पर्व बडा दशैँलाई लक्षित गर्दै ‘सदा मंगल गरुन काली…’ भजन सार्वजनिक भएको छ । नारायणबाबु कोइरालाको स्वरमा रहेको भजन सार्वजनिक भएको हो । रामायान भजन सारको शब्द, सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको भजन भिडियोलाई जीवन शाहीले निर्देशन गर्नुभएको छ ।

भजन भिडियोमा सूर्यकुमार श्रेष्ठ, सूर्यदेवी श्रेष्ठ, रामदेवी श्रेष्ठ, सनद श्रेष्ठ, सम्झना श्रेष्ठ, शास्वत श्रेष्ठ, नवराज पुडासैनी, मनोज ओली, सरस्वती खत्री, पुष्पराज सहकर्मी र श्रृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

टोखाको चण्डेश्वरी मन्दिर परिसरमा छायाँकन गरिएको भिडियोमा इन्दु भण्डारीको कोरियोग्राफी रहेको छ । दीपेन बस्नेतको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर संयोजन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार