‘काफल टिप्न जाउँ’ भन्दै भक्त घले (भिडियोसहित)

काठमाडौं,
असोज २२ ।

भक्त घलेको स्वरमा रहेको गीत ‘काफल टिप्न जाउँ…’ सार्वजनिक भएको छ । भक्तकै शब्द, सङ्गीत र गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको गीतको भिडियोमा गाउँघरका साथीभाईहरू सँगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरू चराउदाको रमाइलो यादहरूलाई व्यक्त गरिएको छ ।

भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ । गीतको भिडियो गायक घलेको आधिकारिक च्यानल ‘भक्त घले’मार्फत सार्वजनिक गरिएको छ ।

‘हामीसबैले मिहिनेत गरेर एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ प्रस्तुत गरेका छौ सबैको साथ सहयोग र प्रतिक्रियाको अपेक्षा राखेका छौ’, घलेले भन्नुभयो ।

विगत लामो समयदेखि नेपाली गीत सङ्गीतमा सक्रिय घलेले यसअघि दुई दर्जन बढी कभर गीत, लगभग एक दर्जन आफ्नै गीत र एक गीतिसङ्ग्रह सार्वजनिक गरिसक्नुभएको छ । । दक्षिण भुटानमा जन्मिनुभएका घलेले राजनीतिक अस्थिरताका कारण नेपालमा शरणार्थीका रुपमा १८ वर्ष बिताउनुभएको थियो ।

परिवारमा साङ्गीतिक माहोल भएकै कारण उहाँ सङगीत प्रति आकर्षित भएको बताउनुहुन्छ । झापामा उहाँले विभिन्न गुरुहरूसँग सङ्गीत प्रशिक्षण लिनुभएपछि उहाँले आफूले सिकेको सङ्गीतको ज्ञान अरुलाई बाडदै पनि आउनुभएको छ । उनले नेपाल भारत विभिन्न ठाउँहरूमा आफ्नो प्रस्तुति दिनुभएको उहाँ गीत सङगीतसँगै खेलकुद र फोटोग्राफीमा समेत रुचि राख्ने गर्नुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार