थप एक हजार ७८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

काठमाडौं,
असोज १४ ।

बिहीबार थप एक हजार ७८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार ७६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख ८६ हजार ६१४ पुगेको छ । बिहीबारको दैनिक संक्रमण दर नौ प्रतिशत भन्दा बढी छ ।

पछिल्लो समय देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १६ हजार ८०२ होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा एक हजार ३६६ संक्रमित छन् । देशका विभिन्न अस्पतालमा ३५३ जना आइसियु र ११७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै बिहीबार थप ९११ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ६५ हजार ७५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

बिहीबार काठमाडौंमा २६७, ललितपुरमा ६५, भक्तपुरमा ३७, कास्कीमा ६५, मोरङमा ५५, झापामा ७५ जना संक्रमित थपिएका छन् । नौ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

यसमा तपाइको मत

अन्य समाचार