काठमाडौं,
असोज १२ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको चलचित्र ‘अञ्जली’ हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्रमा कथा र निर्देशन दिनेश लिङ्देनको छ ।
चलचित्रमा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, दावा शेर्पा, पे्रम आले मगर, देब राई, मेख मगर लगायतका कलाकारको अभिनय छ ।
सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको चलचित्रमा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता हुनुहुन्छ । यो चलचित्र आगामी मंसीरमा सिनेमाघरमा ल्याउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।






