मिस नेपाल युएस २०२१ उपाधि प्रतिक्षालाई

काठमाडौं,
असोज ११ ।

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्ला चुम्नु भएको छ । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उहाँ १० प्रतियोगीलाई पछि विजेता घोषित हुनुभएको हो ।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु हुनुभयो । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगीताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुग्नु भएको थियो ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड-१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गर्नुभएको थियो । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेत हुनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार