थप एक हजार ९५ जनामा कोरोना संक्रमण, दुई हजार ९५७ संक्रमणमुक्त, आठको मृत्यु

काठमाडौं,
असोज ४ ।

सोमाबार थप एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ८५ हजार ५४१ पुगेको छ ।

देशभर पछिल्लो समय २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २० हजार ८९१ होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा एक हजार ४३२ छन् । देशका विभिन्न अस्पतालमा ३७१ जना आइसियुमा र १०८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सोमबार थप दुई हजार ९५७ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

थप आठ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ७.९ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । संक्रमण मुक्त हुने दर ९५.८ प्रतिशत छ ।

यसमा तपाइको मत

अन्य समाचार