काठमाडौं,
असोज ३ ।
निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा स्वर्गिय खेमराज गुरूङ र रिमा गुरूङ हाडाको स्वर, उमंग लामा र केशव चौलागाइको शब्द, उमंग लामाको सङ्गीत र फणिन्द्र राइको एरेञ्ज छ ।
गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने, उत्तम केसी, राजिब, प्रभात, अस्मिता, प्रदिप, अप्स्ना लगायत फिचर्ड हुनुहुन्छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरी, अप्सना थापा, हिउँवाला गौतम, उत्तम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ ।
बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कथा तथा निर्माण नवराज गिरीको छ । सरस्वती गिरी कार्यकारी निर्माता रहनु भएको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोति कार्की प्रोडक्सन डिजाइनर छ । चलचित्र असोज २६ गते फुलपातीको दिन सिनेमा हल र ओटीटीमा एकसाथ सार्वजनिक हुने भएको छ ।






