प्रदीप बस्तोलाको ‘गेट रेडी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असोज ३ ।

नायक प्रदीप बस्तोलाको ‘गेट रेडी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा पपुलर र्‍यापर गिरिश खतिवडाको बिट रहेको छ भने बुलेट फ्लोर नायक प्रदीपले गाउनु भएको छ ।

भिडियोमा उहाहरूकै प्रस्तुति छ भने फिमेल मोडलमा अमृता खनाल र मनिता श्रेष्ठ हुनुहुन्छ । भिडियो खिच्ने र सम्पादन गर्ने काम लोकेन्द्रले गर्नुभएको छ । भिडियोमानिर्देशन भने नायक प्रदीपकै छ ।

नायक प्रदीप र र्‍यापर गिरिशको यो दोस्रो शहकार्य हो । दुवै गीत गिरिश खतिवडा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रदीपले केही महिनाअघि ‘पिपल चौतारी’नामक गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार