डा. डीआर उपाध्याय
काठमाडौं,
असोज ३ ।
नेपाली जनता धेरै समस्यामा परेका छन् । जनताको सरकार अझै आएको छैन । जनताले धेरै कुराको सास्ती भोग्दै आएका छन् । जुन सरकार आए पनि जनतालाई केही अनुभूति भएको छैन । अहिले जनता पुरै निराशमा छन् । जनतामा उत्साह र उमङ्ग छैन । आज समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले जनताको पक्षमा काम गर्न सकेन । लोकतन्त्रको मूल मर्म अनुसार कुनै काम हुन सकेको छैन ।
जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुँदैन । वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । जसले गर्दा यो गलत परिणाम आएको हो । नेकपा एमाले बिभाजन हुनु दुःखद् कुरा हो । लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपा एमालेमा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् । सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका कारणले धेरैको रोजगार गुमेको छ । मुलुकको अर्थतन्त्र धराशयी हुँदै गएको छ । यस्तो अवस्थामा सत्तारूढ दल त्यति गम्भिर छैन । नेताहरू एकअर्का खेमाप्रति गालीगलौजमा उत्रेका छन् । यो राम्रो सङ्केत होईन । नेकपा एमाले एकढिक्का भएर पद र प्रतिष्ठाको लोभमा नलागी सकारात्मक काम गरेको भए आज देश विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्थ्यो । यस्तो जटिल स्थितिमा समाजवाद उन्मुख सरकारलाई आफ्नै पार्टीबाट सहयोग हुन नसक्नु देशको दुर्भाग्य हो ।
जनताको पक्षमा काम गरेर देखाउने बेला हो यो । अब कुरा मात्र गरेर हुँदैन काम गरेर देखाउनुपर्छ । नेपाली काँग्रेस नेपाली जनताको पार्टी हो । यो पार्टीले जनताको पक्षमा काम गरेर देखाउनुपर्छ । लामो समय सम्म लोकतन्त्रका लागि लडेर आएको पार्टी हो नेपाली काँग्रेस । आज जसरी नेपाली काँग्रेसको बिश्वास जनताले गरेका छन् त्यसैगरी सधै नेपाली जनताले यो पार्टीको बिश्वास र भरोसा गरुन भन्ने भावना सबैमा हुनुपर्छ । लोकतन्त्रका लागि काँग्रेस अघि नबढेको भए आज यो अबस्था नेपालमा आउने थिएन । कम्युनिष्ट भनेका दुइ दिनका पाहुना हुन ।
आज देशमा कम्युनिष्ट छन तर के गरे ? प्रश्न गर्ने मन छ । जनताले कम्युनिष्टवाट केही पाउदैनन् । आज जनता भ्रममा छन् । भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु । कुरा मात्र गरेर हुँदैन । काम गरेर देखाउनुपर्छ । कम्युनिष्टले काम गरेर देखाउन सकेनन् । जनतालाई सधै भ्रममा मात्र राखे । यसरी देश बनाउन सकिदैन ।
आफू मात्र बन्ने जनताको कुनै वास्ता नगर्ने यसरी चल्दैन । जनताले परिणाम खोजेका छन् । आज जनतालाई परिणाम दिन कुन नेताले के भिजन दिएका छन् । जनता नेता प्रति पुरै निराश छन् । जनतामा आश जगाउने कुनै नेताको भिजन छैन । यसरी देश र जनताको भाग्य र भविस्य निर्माण हुँदैन ।






