पेशल आचार्य
रामेछाप, मन्थली
असोज ३ ।
नेता
व्यवस्था
संविधान
कर्मचारी
समाज
या सबै सबै
यो वा त्यो
तुलना गर्छ
जो कोही ‘ले म्यान’
या पठित जनता !
आफैँ समस्या निकालेर
स्वतः फैसला गर्छन्
आम पब्लिकहरू पनि
जब जब शासनमा
कुनै तात्विक अन्तर हुँदैन नि
अनि तुलना हुन थाल्छ
प्रधानमन्त्रीको
सभामुखको
ठालु पार्टीहरूका अध्यक्ष या सभापतिको
यो वा त्यो
तुलना गर्दै
पाँच दस वर्ष फोगटमा भुत्लिन्छ जनताको,
सुखानुभूति गर्न हो वा
दुःखको रिहर्षल
के हो ?
कसो हो ?
तर मानिस तुलनाको तुलो
समात्न छाड्दैन !
हँसाउने
जगहँसाउने बार्दली बा हुन्
वा पट्ट नबोल्ने भरेङ् बाहुन्
जनताको दिल र दिमागले
यो वा त्यो
भन्न छोड्दैन
तुलना गर्न छोड्दैन !






